बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

सक्रिय न्युज · सोमबार, ८ असार, २०८३ मा प्रकाशित
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
काठमाडौं, असार ८ :

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ ।

एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । खेलको १०औं मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए ।

खेलको ४९ औ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती गोल गरे । त्यसपछि खेलमा दुवै टोलीबाट गोल हुन सकेन र अन्तत स्पेनले साउदी अरेबियामाथि ४–० गोलको जित निकाल्यो । जितसँगै स्पेन दुई  खेलबाट ४ अङ्क जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले विश्वकपको नकआउट चरणमा पुग्ने सम्भवना मजबुत बनाएको छ । यसै समुहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक एक अङ्क रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार