राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)को महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन।
चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा बिहान ८:३० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र हालसम्म पनि सुरु हुन सकेको छैन।
पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरू बन्द स्थलमा पुगिसकेका छन् ।
प्रतिनिधिहरूको नामावलीमा केही त्रुटी भेटिएपछि त्यसलाई सच्याउनपर्ने भएकाले ढिला भएको नेताहरूले बताएका छन्। रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह बन्दसत्र सुरु हुनुअघि छलफलमा जुटेका छन् ।लटौली स्याङ्चुरी रिसोर्टमा दुई नेताबीच छलफल भइरहेको हो ।
बन्दसत्रमा रास्वपा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ अन्य नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेस गर्ने कार्यतालिका छ । आज दिउँसोबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने र असार ९ गते सभापति तथा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुने कार्यतालिका छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री