शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र बैंक/बीमा

वाणिज्य बैंकमा प्रदर्शन : ऋणको धितोका रूपमा राखिएको सुन चाहियो

जेनजी आन्दोलनमा नयाँ बानेश्वर शाखाबाट करिब १८ किलो सुन र सवा ५ करोड नगद लुटिएको थियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ असार, २०८३ मा प्रकाशित
वाणिज्य बैंकमा प्रदर्शन : ऋणको धितोका रूपमा राखिएको सुन चाहियो
काठमाडौं, असार ८ :

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएकाहरुले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएपछि अहिलेसम्म बैंकले कुनै राहत नदिएको भन्दै सुन धितो राखेर कर्जा लिएकाहरुले सोमबार सिंहदरबार प्लाजामा रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् । 

जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब १८ किलो सुन र सवा ५ करोड नगद लुटिएको थियो । ऋणको धितोका रूपमा राखिएको उक्त सुन हराएपछि क्षतिपूर्ति वा राहत दिनको साटो बैंक व्यवस्थापन पन्छिन खोजेको भन्दै आन्दोलन गर्नुपरेको सुन धितोकर्ता सरस्वती बस्नेतले बताउनुभयो ।

सुन धितो राखेर कर्जा लिएकाहरुले कुल तौल बराबरको सुना फिर्ता गर्न माग गरेका छन् । प्रदर्शन गर्दै बैंक भित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो । प्रदर्शनकारीहरुले सरकारी बैंकलाई विश्वास गर्नु हाम्रो अपराध हो की के हो सरकार ? भन्दै प्रश्न गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार