चितवन, असार ८ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बन्दसत्र स्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेको बताएका हुन्। परिणाम जेसुकै आए पनि आफू चुनावी प्रतिस्पर्धामा उत्रिन तयार रहेको उनको भनाइ छ।
‘म महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेँ। परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार भइसकेँ,’ झाले भने।
झाले आफूलाई देशको प्रधानमन्त्री वा पार्टीको सभापति बन्ने अपेक्षा नभएको भन्दै अहिले निर्वाह गरेको नेतृत्वभन्दा माथिल्लो जिम्मेवारीमा पुग्ने आकांक्षा भने स्वाभाविक रहेको उनको भनाइ छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने