बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । मृतकमध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ ।
प्रहरी नायब उपरीक्षक घलेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीतपुरसिमरा-१ पथलैया घर भई हाल काठमाडौँ बसोबास गर्ने २० वर्षीय सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौँ टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन् । पैदल यात्रुको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए ।
दुर्घटनामा गम्भीर भएका तीनै जनालाई अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये जोशी र अधिकारीको शव बयोधा अस्पतालमा छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’