बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

एमालेले भन्यो- उपाध्यक्ष पौडेललाई अपमान गर्ने हिसाबले पक्राउ गरियो, तत्काल रिहा गरियोस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ असार, २०८३ मा प्रकाशित
एमालेले भन्यो- उपाध्यक्ष पौडेललाई अपमान गर्ने हिसाबले पक्राउ गरियो, तत्काल रिहा गरियोस्
ललितपुर, असार ९ :

 नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैरन्यायिक भन्दै तत्काल रिहाइको माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

उपाध्यक्ष पौडेललाई सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको जनाउँदै बैठकले आपत्ति जनाएको दंसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए । 

सम्पत्ति शुद्धीकरण विमागको पत्रको आधारमा उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राती नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । उनीमाथीको अनुसन्धानलाई अघि बढाउन म्याद थपको माग गर्दै  विशेष अदालतमा उपस्थित गराइएको छ ।  दुवै पक्षको वहस सुनेपछि अदालतबाट निर्णय आउँन बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार