काठमाडौै, असार १० :

बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । बुधबार संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित भएको जानकारी गराएको हो ।

बिहीबार बिहान ११ बजे बस्नेगरी तय भएको बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुल डोल प्रसाद अर्यालले असार १२ गते शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ । चितवनमा जारी रास्वपाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।