
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको जनाएको छ ।
फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
नेपाली फुटबल इतिहासमा फिफाबाट नेपाल प्रतिबन्धित भएको यो पहिलो घटना हो ।
यो निर्णयसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ ।
निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ ।
यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । यद्यपि निलम्बन फुकुवा भइसकेको छ ।