
काठमाडौं, असार १२ :
प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक भोलीलाई सारिएको छ ।
विशेष कारण देखाउँदै सभामुख डीपी अर्यालले आज १ बजेलाई तय गरिएको बैठक स्थगित गरी भोलि बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयले जनाएको छ ।
सत्तारुढ रास्वपाका सांसदहरू पार्टीको महाधिवेशमा चितवनमा रहेकाले संसद बैठक प्रभावित भएको छ ।
यसअघि हिजो तय गरिएको बैठक आजलाई सारिएको थियो ।