बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ असार, २०८३ मा प्रकाशित
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
म्याग्दी, असार १२ :

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले  दर्ता प्रक्रिया पूरा नगरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको बताए ।

पालिकाले जलविद्युत् र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरु क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

यही असार ११ गतेको मितिले लागू हुने गरी एक महिनाभित्र क्रसर उद्योग र उपकरण सामग्री नहटाएमा कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

रघुगङ्गा गाउँपालिकाभित्र हाल पाँच वटा क्रसर उद्योग सञ्चालनमा रहेका अध्यक्ष भवबहादुर भण्डारीले बताए । उनले भने, “राहुघाट जलविद्युत् आयोजनाको चमेरे र बाँध निर्माणस्थलको तथा मोना हाइड्रोपावर र चितवन इनर्जीले घ्याँसीखर्कमा रहेको क्रसर उद्योगले प्रक्रिया पूरा गरेका छन ।”

अवैध क्रसरले नदीजन्य वस्तुको चोरी निकासी गरेर राजस्वमा पनि हानी पु¥याएकाले बन्द गराउन गाउँपालिकाले अग्रसरता लिएको अध्यक्ष भण्डारीले दावी गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार