बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
अर्थतन्त्र

रास्वपा महाधिवेशनका काण चितवनमा ५० करोडभन्दा बढीको व्यापार

पार्टीको मात्रै चार करोडभन्दा बढी खर्च
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ असार, २०८३ मा प्रकाशित
रास्वपा महाधिवेशनका काण चितवनमा ५० करोडभन्दा बढीको व्यापार
चितवन, असार १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।

झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान भएका थिए । गत आइतबार उद्घाटन भएको महाधिवेशन आज समापन हुँदैछ । शनिबारदेखि नै प्रतिनिधि, परिवेक्षकहरुले यहाँका होटलहरु भरिन थालेका थिए । 

आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक सातामा रु ५० करोडभन्दा माथिको व्यापार भएको बताउँछन् । उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष समेत रहेका गौतम झण्डै  २० करोड आबासमा प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले खर्च गरेको बताए । एकै दिन २० हजार जनासम्म चितवनमा बसेको उनको भनाइ छ ।

महाधिवेशनको उद्घाटन र त्यसको भोलिपल्ट ठूलो सङ्ख्यामा रास्वपा समर्थकहरु जिल्लामा आएको गौतमले बताए । अन्य दिनमा क्रमशः घट्दै गएको भन्दै उनले यसको प्रत्यक्ष लाभ भरतपुरलाई परेको बताए।

सौराहालगायतका पूर्वी क्षेत्रका होटल र नवलपरासीको गैँडाकोटका होटलसम्म प्रतिनिधिहरु बसेको उनले बताए । आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने हुन्थ्यो भने चार दिन खानाको व्यवस्था पार्टीले गरेको थियो । अघि पछि र अनुकूलको खाना प्रतिनिधिहरुले आफैं खाएका थिए । पार्टीको मात्र  चार करोडभन्दा बढी खर्च हुने भन्दै उनले यहाँका सबै क्षेत्र एक साता चलायमान भएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार दुई हजार २०० हाराहारी साना ठूला गाडी बाहिरबाट आएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली झण्डै एक साता जिल्ला चलायमान भएको बताए । होटल रेष्टुरेण्ट भरिदाँ यसले अन्य क्षेत्रलाई चलायमान बनाउने उनले बताए।

दुग्ध जन्य पदार्थ, माछा, मासु, अण्डा, फलफूल जस्ता कृषि जन्य उत्पादनको राम्रो खपत भएको उनले बताए । उनले भने, “मूख्य रुपमा भरतपुरको आर्थिक चक्रमा राम्रो प्रभाव परेको छ ।”

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डे भरतपुरका होटलहरुले राम्रो व्यापार पाएको बताउँछन् । त्यसपछिको व्यपार सौराहालगायतका क्षेत्रमा भएको उनको भनाइ छ । पहिलो पटक जिल्लामा आएका रास्वपाका नेता कार्यकर्ताले पर्यटकीय गन्तव्यहरु हेर्ने अवसर पाएको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार