राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महिलातर्फको उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।
यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । पाँच प्रतिस्पर्धीलाई पछि पार्दै आचार्य निर्वाचित भएका हुन् ।
त्यस्तै नवनिर्वाचित महामन्त्री आचार्यले पहिलो ऐतिहासिक महाधिवेशनसम्म जोडिने सम्पूर्ण व्यक्तिहरू संस्थापन भएकाले कोहि पनि कुनै समूहको भन्ने आरोप सहि नभएको बताए । आचार्यले पार्टीलाई अझबढी पारदर्शी, विधिसम्मत र पार्टीलाई नागरिकप्रति उत्तरदायी बनाउने दिशामा महामन्त्रीका रूपमा आफ्नो भूमिका रहने धारणा राखे ।
यस्तै रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । रास्वपाको सभापतिमा रवि लामिछाने र खुल्ला तर्फको उपसभापतिमा डा. स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान