बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ असार, २०८३ मा प्रकाशित
श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट
काठमाडौ, असार १३ :

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए.मिएखरले शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गरे । साथै, उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत् अगाडि बढाइयोस् भन्ने विषयमा पनि उनले विशेष अनुरोध गरे ।

हाल साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिक सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै मन्त्री यादवले श्रमिकको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गरे । उनले सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिए ।

सो अवसरमा राजदूतले साउदी सरकारसँग आवश्यक परामर्शपश्चात् यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी गराउनुभएको श्रमन्त्रीको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार