काठमाडौं, असार १४ :

विश्वकप २०२६ को समूह चरणका खेलहरू सम्पन्न भएका छन्। रोमाञ्चक प्रतिस्पर्धापछि नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने टोलीहरूको सूची तय भएको छ भने केही चर्चित टोलीहरू प्रतियोगिताबाट बाहिरिएका छन्।

समूह विजेता र उपविजेता तथा उत्कृष्ट तेस्रो स्थानका आधारमा निम्न टोलीहरू अन्तिम ३२ मा पुगेका छन्।


कुन टीमको प्रतिद्वन्द्वी को ?


दक्षिण अफ्रिका र क्यानडा
ब्राजिल र जापान
जर्मनी र पाराग्वे
नेदरल्यान्ड्स र मोरक्को
आइभरी कोस्ट र नर्वे
फ्रान्स र स्विडेन
मेक्सिको र इक्वेडर
इंग्ल्यान्ड र डीआर कंगो
बेल्जियम र सेनेगल
अमेरिका र बोस्निया एन्ड हर्जगोभिना
स्पेन र अष्ट्रिया
पोर्चुगल र क्रोएसिया
स्विट्जरल्यान्ड र अल्जेरिया
अष्ट्रेलिया र इजिप्ट
अर्जेन्टिना र केप भर्ड
कोलम्बिया र घाना

यस वर्षको समूह चरण अत्यन्त प्रतिस्पर्धात्मक रह्यो। केप भर्डे, कंगो जस्ता टोलीहरूले ऐतिहासिक प्रदर्शन गर्दै नकआउट चरणमा स्थान बनाउँदा केही परम्परागत शक्तिशाली टोलीहरू भने निराशाजनक रूपमा बाहिरिएका छन्।

अब प्रतियोगिता नकआउट चरणतर्फ प्रवेश गर्दैछ जहाँ प्रत्येक खेल ‘नो रिटर्न’ढाँचामा खेलिनेछ।