उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।
मदन भण्डारी मेमोरियल कलेजको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति यादवले सूचना प्रविधिको तीव्रतर विकास भइरहेको वर्तमान अवस्थामा शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै विश्वविद्यालय र कलेजहरूलाई अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुन आवश्यक रहेको बताएका हुन् ।
उनले आजका युवाहरू केवल रोजगारी खोज्ने मात्र नभए आफ्नो प्रतिभा, नवाचार र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने क्षमता बोकेका धारणा राखे ।
प्रविधि, कृत्रिम बुद्धिमत्ता, एआइ, डिजिटल नवाचार र विश्वव्यापी प्रतिस्पर्धाको युगमा आधारभूत मूल्य र नैतिकतासँग जोडिँदै विश्व स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए।
उपराष्ट्रपति यादवले शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नगरी जीवन उपयोगी कौशल र मूल्यमा आधारित बनाउन सक्नुपर्ने उल्लेख गरे ।
उनले समावेशी शिक्षालाई आत्मसात गर्दै ग्रामीण, पिछडिएको, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम समुदायका बालबालिकालाई समान अवसर सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान
पूर्वराष्ट्रपति यादवले पुख्यौली गाउँ सपही पुगेर परिवारसँगै दसैँ मनाए
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान