नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तालाई अवसरवादी र असान्दर्भिक रहेको बताएका छन् ।
आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गरे । रास्वपाले निर्वाचनका बेला र विभिन्न प्रदेशहरूमा पुगेर संघीयता सुदृढ गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता पुनले अहिले महाधिवेशनमार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको उल्लेख गरे ।
उनले रास्वपाभित्रै वैचारिक अस्पष्टता रहेको दाबी गर्दै सभापतिको प्रस्तावमा संविधान र संघीयताप्रति प्रतिबद्धता देखिनु तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजीको कुरा आउनुले पार्टीभित्रै दुईवटा धार वा वैचारिक अपरिपक्वता रहेको पुष्टि हुने तर्क गरे ।
उनले पुनले संघीयता र लोकतन्त्र हजारौँको बलिदानबाट स्थापित भएको उल्लेख गर्दै यस प्रकारको आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी दिए । सांसद पुनले रास्वपाले नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न खोजे पनि कतिपय अभिव्यक्ति र व्यवहारले उनीहरूको अपरिपक्वता र लोकप्रियतावाद मात्र झल्काएको आरोप लगाए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
थप समाचार
नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
बुधबारदेखि देशको मौसममा बदली हुने सम्भावना, मंगलबारसम्म धानबाली भित्र्याइसक्न सुझाव
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन