काठमाडौं, असार १५ :

आज असार १५ गते । 

मानो रोपेर मुरी फलाउने भनिन्छ । देशभरका किसानलाई यतिबेला धान रोप्ने चटारो छ । रोपाहारहरु खेतमा धान रोपाइँ गर्दैछन् भने किसानहरु रोपाइँ गर्न धानको बीउ पनि काढ्दैछन् । 

आज धान दिवस पनि।  खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।