बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक

यात्रुलाई भने आवतजावतमा कुनै असहज नहुने : प्रजिअ पन्थी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ असार, २०८३ मा प्रकाशित
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
फाइल तस्बिर ।
रसुवा, असार १५ :

नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ ।

अघिल्लो वर्षको असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो । उक्त बेलीब्रिजबाट आगामी वर्षायाममा सवारीसाधन चलाउन मिल्ने वा नमिल्ने भनी परीक्षण गर्न यातायात सञ्चालनमा आज र भोलि रोक लगाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

स्थानीय बासिन्दा र मानसरोवर कैलासका यात्रुलाई भने आवतजावतमा कुनै असहज नहुने प्रजिअ पन्थीले स्पष्ट पारे । नेपालबाट केरूङ र केरूङबाट नेपाल भित्रने मालवाहक सवारीसाधनलाई मात्र चिनियाँ सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिइएको छ । पुलको प्राविधिक परीक्षण सकिएपछि पूर्ववत्रूपमा सञ्चालन हुने इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार