मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ असार, २०८३ मा प्रकाशित
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं, असार १५ :

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ५४ अङ्कले ओरालो लागेर दुई हजार ६३२ दशमलव ९६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८४ अङ्कले ओरालो लागेर ४५५ दशमलव ८३ मा सीमित भएको छ ।

कूल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर रु दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु ४५ खर्ब नौ अर्ब ५७ करोड ११ लाख ९५ हजार ९२४ बराबर रहेको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमई बैङ्क शीर्ष स्थानमा छ । यस्तै सोपान फर्मासिटिकल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स र आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर लिमिटेड, धौवागिरी लघुवित्त र नेपाल एसबिआई बैङ्कको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् । यस्तै स्वाभिमान लघुवित्त, सोपान फर्मासिटिकल्स, एशियन हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार