आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार भिडियो

सडकपेटी आश्रित दृष्टिविहीनद्वारा माइतीघरमा निरन्तर प्रदर्शन

सरकारले जीवनयापन गर्न समेत दिएन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ असार, २०८३ मा प्रकाशित
सडकपेटी आश्रित दृष्टिविहीनद्वारा माइतीघरमा निरन्तर प्रदर्शन
काठमाडौै, असार १६ :

विभिन्न माग राख्दै सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौंको माइतीघरमा निरन्तर धर्ना दिएका छन् ।

सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दुष्टियुक्त व्यक्तिहरुमाथि काठमाडौं महानगर लगाएत विभिन्न निकायहरुले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरुले ९ दिनदेखि काठमाडौंको माइतीघरमा निरन्तर धर्ना दिएका हुन् ।

सडकपेटी केन्द्रीय स्वरोजगार मुलक दृष्टिविहीन व्यवसायीहरुको समूहको अगुवाइमा भएको धर्नामा सहभागीहरुले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको गुनासो गरेका छन् ।

सडकपेटी आश्रित दृष्टिविहीन नागरिक पूर्ण बहादुर रोकायाले क्षमताका आधारमा रोगजारीको व्यवस्था हुनुपर्ने, दृष्टिविहीन नागरिकहरुले उत्पादन गरेका बस्तुहरुको राज्यले खरिद गर्नुपर्ने माग रहेको बताए ।

राज्यले दिएको अपाङ्ग भत्ताले जीवननिर्वाह गर्न कठिन भएकाले सडक पेटीलाई कार्यस्थल बनाउन नदिने राज्यले नै उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार