काठमाडौं, असार १६ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ बुधबार हुने भएको छ।
पार्टीका अनुसार शपथ ग्रहण कार्यक्रम काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बिहान ११ बजे आयोजना गरिनेछ।
चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित भएका थिए। निर्वाचन परिणाम घोषणा भएकै दिन सभापति रवि लामिछानेले भरतपुरमै पद तथा गोपनीयताको शपथ लिएका थिए।
बाँकी नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने बुधबार हुने कार्यक्रममार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री