बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

मौसम विभागले भन्यो- रोपाइँका लागि तत्काल पर्याप्त वर्षाको सम्भावना न्यून

केही स्थानमा मात्रै भारी पानी पर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ असार, २०८३ मा प्रकाशित
मौसम विभागले भन्यो-  रोपाइँका लागि तत्काल पर्याप्त वर्षाको सम्भावना न्यून
काठमाडौं, असार १८ :

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रोपाइँका लागि तत्काल पर्याप्त वर्षा हुने सम्भावना निकै कम रहेको जनाएको छ।

महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहे पनि किसानहरूले अपेक्षा गरेअनुसार व्यापक र पर्याप्त वर्षा तत्काल हुने अवस्था देखिएको छैन। एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार हाल सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेकाले मनसुन केही सक्रिय बनेको छ।

उनका अनुसार आगामी तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। यद्यपि देशभर रोपाइँका लागि आवश्यक पर्ने पर्याप्त मात्रामा वर्षा तत्काल हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार