बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
खेलकुद

शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित तीन पदक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ असार, २०८३ मा प्रकाशित
शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित तीन पदक
काठमाडौं, असार १९ :

नेपालले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित तीन पदक प्राप्त गरेको छ ।  

भुटानको थिम्पुमा जारी प्रतियोगितामा एक स्वर्ण, एक रजत र एक कास्य पदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

त्यसैगरी  महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन् । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कास्य पदक हात पारे । तीनै खेलाडीको यो पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता हो । दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि नै नेपाल सहभागी हुँदै आएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार