बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक केहीबेर स्थगित

प्रत्यक्ष प्रशारणमा क्रममा अडियो नआउँदा रेकर्डमा समेत समस्या
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ असार, २०८३ मा प्रकाशित
प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक केहीबेर स्थगित
काठमाडौं, असार १९ :

प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक चलेको १७ मिनेटपछि प्राविधिक समस्या देखाउँदै बैठक स्थगित गरिएको जनाएको छ । सभाको प्रत्यक्ष प्रशारणमा क्रममा अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको जनाइएको छ । प्राविधिक समस्या समाधान भए लगत्तै बैठक सुरु हुने जनाइएको छ ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरू बारेको सन्देश टेबुल गर्ने कार्यसूची छ ।

यसबाहेक आज राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल गर्ने विषय छ । परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकहरुमाथि छलफल गर्ने कार्यसूची छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार