
बैतडी, असार १९ :
बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका–८ गैराखानमा आज दिउँसो करिब साढे ३ बजे दुर्घटनामा परेको हो।
बैतडीका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले नेपाल प्रहरीसहित सुरक्षा निकायका टोली घटनास्थलमा पुगेर घाइतेहरुको उद्धार गरेको बताए। दुर्घटनामा घाइते भएका १७ घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको छ । घाइते तथा क्षतिको विस्तृत विवरण संकलन भइरहेको उनले जानकारी दिए।
बस सडकबाट करिब ६० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।