बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

गृहमन्त्री गुरुङद्वारा सुरक्षा व्यवस्थाबारे जानकारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० असार, २०८३ मा प्रकाशित
गृहमन्त्री गुरुङद्वारा सुरक्षा व्यवस्थाबारे जानकारी
मोरङ, असार २० :

गृहमन्त्री सुधन गुरुङले आज विराटनगरमा नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरको रानीस्थित जोगवनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको स्थलगत निरीक्षणसहित उहाँले सुरक्षा अधिकारीहरूसँग छलफल गरेका हुन् ।

गृहमन्त्री गुरुङ जिल्ला प्रशासन कार्यालय मोरङको नवनिर्मित भवन निरीक्षणका एवं अवलोकन गर्नुका साथै प्रजिअ युवराज कटेलसँग जिल्लाको समग्र प्रशासनिक अवस्था, सेवा प्रवाह र सुरक्षा अवस्थाका बारेमा जानकारी लिए । उनले परिसरबाट एकीकृत सेवा सञ्चालन गर्न सकिने सुझाव दिए ।

यसैगरी, उनले प्रदेशस्तरीय सुरक्षा अधिकारीहरूसँग सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन तथा समसामयिक सुरक्षा अवस्थाका बारेमा जानकारी दिए । गृहमन्त्री गुरुङले विराटनगर रानीस्थित नेपाल–भारत सीमा नाकाको सुरक्षा व्यवस्था, आवतजावत, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए ।

गृहमन्त्री गुरुङ विराटनगर भन्सार कार्यालयअन्तर्गतको एकीकृत जाँच चौकी (आइसिपी)को निरीक्षण गरे । उनले भन्सार क्षेत्रमा भइरहेको गतिविधि, सुरक्षा व्यवस्थापन तथा राजस्वसँग सम्बन्धित विषयमा जानकारी लिँदै सीमाबाट हुने अवैध कारोबार नियन्त्रणमा प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखे । उनले प्रहरी हिरासत, प्रहरी बस्ने तथा सुत्ने ब्यारेक र अन्य भौतिक संरचनाको स्थलगत निरीक्षण गर्दै आवश्यक व्यवस्थापनका गर्न निर्देशन दिए ।

गृहमन्त्री आज मोरङको निरीक्षणपश्चात् सुनसरी जिल्ला गएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार