बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

बैतडीमा घर भत्किँदा गर्भवतीसहित तीन जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ असार, २०८३ मा प्रकाशित
बैतडीमा घर भत्किँदा गर्भवतीसहित तीन जना घाइते
फाइल तस्बिर ।
बैतडी, असार २२ :

बैतडीको स्थानीय मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको घर भत्किँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा पार्कीकी १८ वर्षीया छोरी मनिषा, १३ वर्षीया चाँदनी र आठ महिनाकी गर्भवतीसमेत रहेकी २२ वर्षीया बुहारीप्रिया पार्की घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको र अरूको सामान्य रहेको उनले जानकारी दिए । ढुङ्गा–माटोको जोडाइ भएको दुईतल्ले कच्ची घरको मुख्य निधाल भाँचिएर घर भत्किएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घनश्याम जैशीको नेतृत्वमा छ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी  उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार