शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

सभामुखप्रति लक्षित अभिव्यक्तिपछि संसद्‍मा विवाद, दोस्रो बैठक सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ असार, २०८३ मा प्रकाशित
सभामुखप्रति लक्षित अभिव्यक्तिपछि संसद्‍मा विवाद,  दोस्रो बैठक सुरु
काठमाडौं, असार २४ :

प्रतिनिधिसभाको दोस्रो बैठक अहिले जारी छ । बैठक प्रारम्भ हुनासाथ सभामुखप्रति लक्षित गरी भएको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण पहिलो बैठक केहीबेरका  लागि स्थगित गरिएको थियो ।  

बैठकको सुरुमै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । यसैबीच नेकपा (एमाले)का राजेन्द्रकुमार राईले बोल्न सुरु गरेसँगै सभामुख डोलप्रसाद अर्यालले थप नबोल्न र आसन ग्रहण गर्न निर्देशन दिए । त्यसलगत्तै एमालेका अरु सांसदले पनि उठेर विरोध गरे ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद टीका सङ्ग्रौला (ज्वाला)ले सभामुखप्रति अपमान भएको भन्दै नियमापत्ति गरिन् । सो सन्दर्भमा सांसद राईले माफी माग्ने सन्देश पठाएपछि सभामुख अर्यालले पुनः राईलाई बोल्न समय दिए । तर विवादले नयाँ स्वरुप लिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गरे।

आजको बैठकको सुरुमा केही सांसदले सीमासम्बन्धी अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गरेका थिए ।

यसअघि बैठकमा सभामुख आर्यालले नेपाली कांग्रेसका प्रमिलाकुमारी गच्छदारलाई बोल्न समय दिएका थिए। सांसद गच्छदारले आफूहरूले पटकपटक आवाज उठाए पनि स्पष्ट जवाफ नआएको गुनासो गरिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार