शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब #रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब
समाचार प्रदेश गण्डकी प्रदेश

वन अधिकृत यादव घुससहित पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ असार, २०८३ मा प्रकाशित
वन अधिकृत यादव घुससहित पक्राउ
काठमाडौं, असार २४ :

सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । उनलाई सेवाग्राहीसँग नगद १२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

विशेष सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले वन अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगका अनुसार यादवले सिरहाको एक उद्योगको लागि ल्याएको काठ सिलबन्दीअनुसार भए÷नभएको रुजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस-रिसवत माग गरेको भनी उजुरी परेको थियो ।

आयोगको उक्त टोलीले प्रमुख यादवको साथबाट स्रोत नखुलेको रु एक लाख ३३ हजार १२० पनि बरामद भएको जनाएको छ । टोलीले निज यादवलाई आज कर्जन्हा नगरपालिका– ४ स्थित मिर्चौयाबाट बन्दीपुर जाँदै गर्दा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार