मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

विद्युतको आन्तरिक खपत बढाउन नीतिगत सुधारका योजना तयार पार्न ऊर्जामन्त्रीको निर्देशन

म्यानमार र थाइल्याण्डमा पनि नेपाली विद्युत पुर्‍याउने सरकारको योजना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ असार, २०८३ मा प्रकाशित
विद्युतको आन्तरिक खपत बढाउन नीतिगत सुधारका योजना तयार पार्न ऊर्जामन्त्रीको निर्देशन
काठामाडौं, असार २४ :

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विधुतको उत्पादनमा मात्र ध्यान नदिई माग बढाउनेतर्फ योजनाबद्ध रूपमा लाग्नुपर्ने आवश्यकता रहेको भन्दै आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका हुन्।

उनले विद्युत उत्पादनलाई समेत प्राथमिकतामा राख्दै ग्रीडमा थपिँदै गएको नयाँ क्षमतालाई दीर्घकालीन रूपमा व्यवस्थापन र खपत गर्ने भन्नेबारे मन्त्रालय गम्भीर रहेको धारणा राखै ।

विद्युत आपूर्तिमा अवरोध र  बारम्बार बत्ती जाने समस्या देखिने गरेकाले मजबुत र भरपर्दो व्यवस्थापन गर्न आफूले निर्देशन दिएको उनले बताए ।

मन्त्री श्रेष्ठले  भारत र बाङ्गलादेशमात्रै नभइ भविष्यमा म्यानमार र थाइल्याण्ड जस्ता पूर्वी एसियाली बजारहरूसम्म पनि नेपाली विद्युत पु¥याउने सोच राखिएको उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार