बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति भिडियो

सय दिनमा जनता खुसी हुने कुनै काम भएन : ओली

झुक्किएर पनि प्रधानमन्त्री वा मन्त्रीविरुद्ध नबोल्न जनतालाई सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ असार, २०८३ मा प्रकाशित
सय दिनमा जनता खुसी हुने कुनै काम भएन : ओली
काठमाडौं, असार २५ :

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा जनता खुसी हुने कुनै काम नभएको टिप्पणी गरेका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सय दिनमा सरकारले जनतालाई रुवाउने बाहेक खुसी हुने कुनै काम नगरेको टिप्पणी गरे ।

उनले देशमा खुसी हुनका लागि राति अबेरसम्म विश्वकप फुटबल खेल हेर्नुको विकल्प नरहेको बताए । सरकारलाई भाडोमा उम्लिएको दूधसँग तुलना गर्दै अध्यक्ष ओलीले सरकारको खुट्टा भुइँमा नभएको र कर्तव्यबोध शून्य रहेको धारणा राखे ।

उनले प्रधानमन्त्री वा मन्त्रीविरुद्ध बोलेमा वा जेल जानुपर्ने स्थिति सिर्जना भएको भन्दै झुक्किएर पनि उनीहरुका बारेमा नबोल्न सुझाव दिए । उनले सरकारलाई कति नम्बर दिने भन्ने कुरा जनता र सञ्चारमाध्यमकै हातमा रहेको उल्लेख गरे । एमाले सक्कियो भन्ने टिप्पणीप्रति अध्यक्ष ओलीले एमाले सकिन नभइ देश बनाउन र सफलता प्राप्त गर्न जन्मिएको पार्टी भएको दाबी गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले नेकपाका पोलिटब्युरो सदस्य डि.बी. कार्की सहित ६ जना केन्द्रीय सदस्यहरूलाई एमालेमा प्रवेश गराएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार