बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश मधेस प्रदेश

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे ‘पैदल न्याय मार्च’

पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही गर्नुपर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ असार, २०८३ मा प्रकाशित
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे ‘पैदल न्याय मार्च’
जनकपुर, असार २५ :

आफ्ना मागको सुनुवाई नभएको भन्दै मिटरब्याज पीडितहरुले न्याय माग्दै जनकपुर देखि काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन् ।

बिहीबार जनकपुरमा फर्जी तमसुल लेखिएको पर्चा जलाउदै मिटरव्याजबिरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाईमा मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल यात्रा सुरु गरेका हुन् । सरकारले आफुहरुसंग पटक पटक सहमति गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले न्याय माग्दै पैदलै काठमाडौं आउन लागेको जनाएका छन् ।

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरब्याजबिरुद्ध किसान मजदुर आन्दोलन नेपालको गुनासो छ ।

उनीहरुले फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी कानून बनाउनुपर्ने, पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही गर्नुपर्ने लगाएतका माग राखेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार