शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स #सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स
राजनीति

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

इपानले उठाएका विषयलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ असार, २०८३ मा प्रकाशित
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह
फाइल तस्बिर ।
काठमाडौं, असार २६ :

प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था  इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवद्र्धनमा पनि उर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताए ।

उनले नेपालमा उर्जा उत्पादन तथा प्रवद्र्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट गरे ।

प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन पनि इपानका पदाधिकारीहरुलाई दिए ।

त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत् विकास, उर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग–व्यवसाय प्रवद्र्धन र यसमार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा इपानका तर्फबाट विद्युत् खरिद सम्झौता, पिपिएको सहजीकरण, रोकिएका आयोजनाहरू अघि बढाउने विषय, प्रसारण लाइन तथा ग्रिड एक्सेसको समस्या समाधान, वन–वातावरण र जग्गा प्राप्तिसम्बन्धी प्रक्रियामा सरलीकरण, अनुमतिपत्र नवीकरणमा सहजीकरण, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता लगायतका क्षेत्र तथा विषयमा समेत छलफल भएको थियो ।

साथै प्रधानमन्त्री शाहसँग लगानी सुरक्षा तथा ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने विषयमा पनि आवश्यक छलफल भएको थियो ।

त्यस छलफलका क्रममा प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नविन भण्डारी पनि उपस्थित थिए ।

त्यसैगरी सो छलफलमा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरु हिमप्रसाद पाठक, सुशन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टिएन आचार्यलगायतको सहभागिता रहेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार