सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे

भीष्मराज आङ्देम्बे · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे
फाइल तस्बिर ।
काठमाडौं, असार २९ :

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टी संसदीय दलको कार्यालयमा आज संसदीय मामिला विषयमा कलम चलाउने पत्रकारहरूसँगको छलफलमा उनले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद् र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताए । संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर कांग्रेस अघि बढ्ने नेता आङ्देम्बेको भनाइ छ ।

“प्रमुख प्रतिपक्षी दलका नाताले सबै विपक्षीलाई समेटेर विमति राख्दै संसद्मा दैनिक कार्यसूची अघि बढाउन पनि सहयोग गरिएको छ । संसद्मा प्रश्न राख्ने, प्रस्ताव दर्ता गराउने र समितिको गाम्भीर्यतालाई मनन गरी काम गर्छौं, सत्तापक्षलाई सदन र जनताप्रति उत्तरदायी बनाउनतर्फ सकारात्मक भूमिकामा रहन्छौँ,” उनले भने । कांग्रेस प्रमुख सचेतक वासना थापाले संसद्को प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार