शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा #धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा
समाचार

अविरल वर्षाका कारण स्याङजामा दुई घर र एक विद्यालयमा क्षति,विभिन्न सडक अवरुद्ध

सक्रिय न्युज · मंगलबार, ३० असार, २०८३ मा प्रकाशित
अविरल वर्षाका कारण स्याङजामा दुई घर र एक विद्यालयमा क्षति,विभिन्न सडक अवरुद्ध
स्याङजा, असार ३० :

तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण स्याङजामा दुई घर र एक विद्यालयमा क्षति पुर्याएको छ भने विभिन्न सडक अवरुद्ध भएको छ ।

विभिन्न स्थानमा आएको बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। बाढी घर तथा विद्यालयमा पसेर क्षति पुर्‍याउनुका साथै जिल्लाका विभिन्न सडकहरू पनि अवरुद्ध भएका छन्।

गल्याङ नगरपालिका–६ पिडीखोलास्थित नरोदय माध्यमिक विद्यालयमा पनि बाढी पस्दा विद्यालयको भौतिक संरचना तथा शैक्षिक सामग्रीमा क्षति पुगेको छ ।

निरन्तरको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत जैसिडाँडा क्षेत्र, वालिङ–पर्वत सडक, वालिङ–चापाकोट सडक तथा पुतलीबजार–बिरुवा सडकका विभिन्न खण्ड अवरुद्ध भएका छन्। 

सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वर्षा अझै नरोकिएकाले नदी, खोलानाला तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

अवरुद्ध सडक खुलाउने तथा प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार