काठमाडौ, असार ३० :

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले सभाका बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसद्हरु आ-आफ्नो ठाउँबाट उठेर विरोध गरेका छन् । त्यसपछि सभामुख अर्यालले नेकपा (एमाले)का सांसद् गणेश ठगुन्नालाई बोल्न समय दिएका थिए ।

सांसद् ठगुन्नाले हाम्रा पुर्खाहरुले नेपालको भौगोलिक अखण्डता  जोगाउनु भएको उल्लेख गर्दै दुई देशको सीमाका सम्बन्धमा देखिएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाह नै भारतको सीमा नेपालले मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाउनुपर्ने बताएका छन् । फिर्ता नलिए विरोध जारी रहने उनले बताए ।