मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार राजनीति

सुकुमवासी समस्याः सार्वजनिक महत्वको प्रस्ताव लैजान आग्रह

सक्रिय न्युज · मंगलबार, ३० असार, २०८३ मा प्रकाशित
सुकुमवासी समस्याः सार्वजनिक महत्वको प्रस्ताव लैजान आग्रह
काठमाडौं, असार ३० :

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुमवासी समस्या समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव संसद्मा अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा यही असार २५ र २६ को बैठकले सुकुमवासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरेको थियो । त्यससम्बन्धी निर्णय आज सार्वजनिक गरिएको हो । उपसभापति शर्मा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुन् ।

प्रतिष्ठानले सुकुमवासी समस्याको दीर्घकालीन समाधान व्यवस्थित ढङ्गले गर्ने सम्बन्धमा निर्वाचनको समयमा सबै राजनीतिक दलको अलग–अलग रूपमा साझा प्रतिबद्धता व्यक्त गरेको स्मरण गरेको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिष्ठानले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन समाधान गर्ने विषय सबैको साझा दायित्व भएको स्पष्ट पारेको छ ।

उक्त समस्या समाधानका लागि सरकार र दलहरूबीच साझा दृष्टिकोण तथा साझा कार्ययोजना जरुरी भएको निष्कर्ष निकालिएको छ ।

भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अन्तर पार्टी संवादको आवश्यकतालाई दृष्टिगत गरी प्रतिष्ठानका तर्फबाट ‘संवाद र सहजीकरण संयन्त्र’ गठन गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार