शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब #रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब
राजनीति

सर्वोच्चको आदेश : पूर्वन्यायाधीशको सम्पत्ति छानबिन गर्न नपाइने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ असार, २०८३ मा प्रकाशित
सर्वोच्चको आदेश : पूर्वन्यायाधीशको सम्पत्ति छानबिन गर्न नपाइने
काठमाडौं, असार ३१ :

सर्वोच्च अदालतले पूर्वन्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न तथा उनीहरूमाथि सम्पत्ति जाँचबुझको प्रक्रिया अघि नबढाउन सम्पत्ति जाँचबुझ आयोगका नाममा जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले स्वतन्त्र न्यायपालिकाको मर्यादा विपरीत हुने ठहर गर्दै पूर्व न्यायाधीशहरूको सम्पत्ति जाँचबुझ गर्ने कार्य तत्कालका लागि रोक्न आदेश दिएको हो।

पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले यसअघि जारी गरेको अन्तरिम आदेशलाई यथावत् कायम राख्ने निर्णय गरेको हो।

अदालतको आदेशसँगै रिटको अन्तिम टुंगो नलाग्दासम्म पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्ने वा उनीहरूमाथि सम्पत्ति जाँचबुझसम्बन्धी कुनै पनि प्रक्रिया अघि बढाउन आयोगले पाउने छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार