आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

विद्यार्थी नेताहरुलाई पक्राउ गरेको विरोधमा अखिलको प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ असार, २०८३ मा प्रकाशित
विद्यार्थी नेताहरुलाई पक्राउ गरेको विरोधमा अखिलको प्रदर्शन
काठमाडौं, असार ३१ :

सरकारविरुद्ध प्रदर्शन गर्दा आफ्ना केन्द्रीय नेतृत्वसहितका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले प्रदर्शन गरेको छ ।

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध प्रदर्शन गर्दा आफ्ना विद्यार्थी नेताहरुलाई पक्राउ गरेको भन्दै अखिलका विद्यार्थीहरुले बुधबार प्रदर्शनीमार्गस्थित आर आर क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् । उनीहरुले मलाई बोल्न दे सरकार, नालायक सरकार राजीनामा दे लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यसअघि बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध प्रदर्शन गर्दा प्रहरीले केही अखिल आवद्ध विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार