बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि सरोकार निकायका प्रतिनिधिसँग छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ साउन, २०८३ मा प्रकाशित
राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि सरोकार निकायका प्रतिनिधिसँग छलफल
काठमाडौं, साउन ३ :

प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ ।

समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घ र बैङ्क तथा वित्तीय संस्था परिसङ्घका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । छलफलमा अर्थ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैङ्कका प्रतिनिधि पनि सहभागी थिए ।

सरकारले गत जेठ ११ गते सो विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो । मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीलाई थप सुदृढ, विश्वसनीय र समयसापेक्ष बनाउन वाञ्छनीय भएकाले राष्ट्र बैङ्क ऐनलाई संशोधन गर्न सो विधेयक तर्जुमा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार