बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो , दुई जना नियन्त्रणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ साउन, २०८३ मा प्रकाशित
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो , दुई जना नियन्त्रणमा
काठमाडौं, साउन ३ :

काठमाडौँको कुलेश्वर क्षेत्रमा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा आज दिउँसो पुगेको टोलीमाथि आक्रमण प्रयास भएपछि दुई राउण्ड गोली चलाइएको जनाइएको छ। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। उनको देब्रे खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेकामध्ये एक नेपाली र एक भारतीय नागरिक छन् भने उनीहरूबाट ठूलो मात्रामा औषधिजन्य लागुऔषध बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार