बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ साउन, २०८३ मा प्रकाशित
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य
काठमाडौं, साउन ५ :

नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीबीच आज काठमाडौँमा क्षमता विकास, विद्यार्थी संलग्नता, विज्ञसूची, प्रतिष्ठानको  अध्ययनहरूका लागि क्षेत्रीय आउटपोस्टको अवधारणालगायतका विषयमा छलफल भएको छ ।

छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराई तथा वरिष्ठ अनुसन्धानकर्ता, डा दीपककुमार खड्का, डा मोहनकुमार शर्मा, डा खगनाथ अधिकारी, डा हरि शर्मा न्यौपाने, र डा कल्पना खनाल तथा मध्यपश्चिम विश्वविद्यालयका अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक तथा नीति प्रयोगशालाका संयोजक  डा यदुप्रसाद ज्ञवाली र फ्याकल्टी मेम्बर एवं पीएचडी स्कलर लोकबहादुर ओली सहभागी थिए ।

प्रतिष्ठान र  विश्वविद्यालयबीच गत माघ २६ गते आपसी सहयोग र सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार