
जनकपुर, साउन ५ :
मिटरब्याजमा ऋण लगानी गर्ने साहुहरू पनि सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । सरकारले मिटरब्याज पीडितसँग गरेको ९ बुँदे सम्झौता खारेज गर्न माग गर्दै उनीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन्।
मंगलबार ‘पीडित लेनदेन संघर्ष समिति’को ब्यानरमा गरिएको प्रदर्शनमा सहभागीहरूले सरकारले एकपक्षीय रूपमा सम्झौता गरेर आफूहरूलाई अन्याय गरेको आरोप लगाए।
गृहमन्त्री सुधन गुरुङ र सरकारले कानुनविपरीत आफूहरूको पक्ष नसुनी मिटरब्याज पीडित भनिएकासँग सम्झौता गरेको उनीहरुको दाबी छ।
उनले सरकारले एकतर्फी सम्झौता गरेर वैधानिक रूपमा ऋण लगानी गर्नेहरूलाई थप पीडित बनाएको आरोप लगाउँदै उक्त सम्झौता खारेज गर्न माग गरे।
प्रदर्शनकारीहरूले सरकारले सबै पक्षसँग छलफल गरेर कानुनसम्मत समाधान खोज्नुपर्ने मागसमेत गरेका छन्।