बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश बागमती प्रदेश

समर्थन फिर्ता लिँदै एमाले बागमती सरकारबाट बाहिरियो

इन्द्र बानियाँ नेतृत्वको सरकार सङ्कटमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ साउन, २०८३ मा प्रकाशित
समर्थन फिर्ता लिँदै एमाले बागमती सरकारबाट बाहिरियो
हेटौंडा, साउन ६ :

नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष समर्थन फिर्ताको पत्र बुझाएको हो।

एमालेले सरकारबाट बाहिरिने निर्णयसँगै आफ्ना मन्त्रीहरूलाई पनि राजीनामा दिन निर्देशन दिएको छ। प्रदेश सरकारमा एमालेका ६ मन्त्री सहभागी छन्। उनीहरूले हाल चितवनमा रहेका मुख्यमन्त्री इन्द्र बानियाँ काठमाडौं फर्किएपछि राजीनामा बुझाउने तयारी गरेका छन्।

एमालेले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था सिर्जना भएको छ। सरकारको आगामी राजनीतिक समीकरण र विश्वासको मतबारे चासो बढेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार