सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार

विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्य नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ साउन, २०८३ मा प्रकाशित
विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्य नियुक्त
काठमाडौं, साउन ६ :

सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई नियुक्त गरेको छ।

न्याय परिषद्को परामर्शमा आचार्यलाई नियुक्त गरिएको हो । न्याय परिषद्ले विशेष अदालतका अध्यक्ष सुर्दशनदेव भट्टलाई सरुवा गर्दै आचार्यको नाममा परामर्श दिएको थियो । ६ न्यायाधीशको टिम रहेको  विशेष अदालतले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारका मुद्दा हेर्नेछ। 

परिषद्ले विशेष अदालतका अध्यक्षसहित उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकै पटक सरुवा गरेको थियो ।

बुटवलमा रहँदा अर्का न्यायाधीश तेजनारायण पौडेलसँगको इजलासले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटी राखेर छाड्न आदेश दिएको थियो ।

 २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बिगो रकम सुरक्षित गर्ने र बिगोबमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिए पछि लामिछाने धरौटीमा रिहा भएका थिए । यससँगै श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई पनि तोकिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार