धनुषा, साउन ७ :

धनुषाको ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन्।   घाइते हुनेहरूमा बाराको प्रसौनी गाउँपालिका ४ खुट्वा प्रसौनीका २३ वर्षीय सोमराती अन्सारी, सोही ठाउँका २२ वर्षीय अब्दुल अन्सारी र २५ वर्षीय धर्मराज महत्तो रहेका छन्। 

प्रहरीकाअनुसार उनीहरूलाई थप उपचारका लागि जनकपुरबाट कीर्तिपुर बर्न अस्पताल ल्याइएको छ । मिथिला नगरपालिका ६ मा रहेको  ग्रिन बायो फ्युल उद्योगभित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी भएको थियो। राजेश अग्रवालले सञ्चालन गरेको सो उद्योगमा बिहान करिब ७:०० बजे आगलागी भएको हो ।