बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

एकैदिन ४७ विपद् घटना : पहिरोमा पुरिएर दुई जनाको मृत्यु, सात परिवार प्रभावित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ साउन, २०८३ मा प्रकाशित
एकैदिन ४७ विपद् घटना : पहिरोमा पुरिएर दुई जनाको मृत्यु, सात परिवार प्रभावित
फाइल तस्बिर ।
काठमाडौं, साउन ७ :

देशका विभिन्न भागमा भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए ।

ती घटनाबाट सात परिवार प्रभावित भएका छन् ।  पहिरोका घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् । विपद्बाट रु एक करोड ९० लाख बराबरको क्षति भएको छ ।

गत वैशाख १ गतेसम्म हालसम्म देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन् ।  ती घटनामा परी १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन् ।  यस अवधिमा चार हजार ८६९ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार