शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति मधेस प्रदेश भिडियो

सवारी नियम उल्लङ्घन गर्ने सांसद गुप्तालाई ट्राफिकले तिरायो जरिबाना

भन्छन्- जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्छु
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ साउन, २०८३ मा प्रकाशित
सवारी नियम उल्लङ्घन गर्ने सांसद गुप्तालाई ट्राफिकले तिरायो जरिबाना
काठमाडौं, साउन ८ :

रास्वपाका सांसद् बब्लु गुप्ताले ट्राफिक नियम उल्लङ्घन गर्दै भिडियो बनाएकोमा जरिबाना तिरेका छन् । गुडिरहेको मोटरसाइकलको पछाडी बसेका उनले उठेर भिडियो बनाएका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक नियमको समान कार्यान्वयनबारे प्रश्न उठाउँदै चर्को आलोचना भएपछि गल्ती भएको स्वीकार गर्दै  जरिबाना तिरेका हुन् ।

सिरहा- १ का सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत माफी माग्दै भनेका छन्, ‘ बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक-मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’अब यहीँ जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

गुप्तासँग रहेका उनका साथी रहिश खानको टिकटक आइडीबाट उक्त भिडियो पोस्ट गरिएको थियो। जसमा ‘घुमघाम सांसद् बब्लु दोस्त’ क्याप्सन छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार