
रास्वपाका सांसद् बब्लु गुप्ताले ट्राफिक नियम उल्लङ्घन गर्दै भिडियो बनाएकोमा जरिबाना तिरेका छन् । गुडिरहेको मोटरसाइकलको पछाडी बसेका उनले उठेर भिडियो बनाएका थिए ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक नियमको समान कार्यान्वयनबारे प्रश्न उठाउँदै चर्को आलोचना भएपछि गल्ती भएको स्वीकार गर्दै जरिबाना तिरेका हुन् ।
सिरहा- १ का सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत माफी माग्दै भनेका छन्, ‘ बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक-मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’अब यहीँ जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
गुप्तासँग रहेका उनका साथी रहिश खानको टिकटक आइडीबाट उक्त भिडियो पोस्ट गरिएको थियो। जसमा ‘घुमघाम सांसद् बब्लु दोस्त’ क्याप्सन छ।