बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सत्याग्रहमा बसेका डा. केसीलाई धर्मशाला छाड्न मन्दिर व्यवस्थापन समितिले किन पत्र थमायो?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ साउन, २०८३ मा प्रकाशित
सत्याग्रहमा बसेका डा. केसीलाई धर्मशाला छाड्न मन्दिर व्यवस्थापन समितिले किन पत्र थमायो?
धनगढी, साउन ८ :

धनगढीमा पुगेर सत्याग्रह थालेका प्राध्यापक डा. गोविन्द केसीलाई कृष्ण मन्दिर व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र थमाएको छ । धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले आज बिहान अनसनरत केसीलाई पत्र थमाएका हुन् । 

धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थालेपछि पत्र काटेको उनले बताए । उहाँ बास बस्छु भनेर आएको र कुनै जानकारी बिना अनसन बसेको अध्यक्ष पन्तले बताए ।

व्यवस्थापन समितिले धर्मशाला छाड्न भनेपछि डा केसीले विकल्पबारे सहयोगीसँग छलफल गरेका छन् । केसी पूर्व जानकारी दिएरै धर्मशालामा अनसन बसेको भए पनि अहिले व्यवस्थापन समितिले ठाउँ छाड्न भनेकोमा आश्चर्य व्यक्त गरिएको छ । डा केसी विभिन्न पाँच बुँदे माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन सत्याग्रहमा छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार