धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ ।
वडा सदस्य साहले लुकाइछिपाइ डिएपी मल घरमा राखेको र रातिको समस्यामा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले करिब ४०० बोरा डिएपी मल बरामद गरेको हो ।
वडा सदस्य साहको घरबाट बरामद भएको सो रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
नियन्त्रणमा लिइएको मल ट्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनका अनुसार बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको छ ।
वडा सदस्य साह फरार रहेको र उहाँको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन